काठमाण्डौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ।
महाशाखामा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सेवा विभागले कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने निर्णय गरेको हो। कपिलवस्तुका विभिन्न स्थानमा कन्ट्याक ट्रेसिङमा गएका ती चिकित्सकलाई मंगलबार कोरोना पोजेटिभ देखिएको थियो।
संक्रमित चिकित्सक १ दिनअघि स्वास्थ्य मन्त्रालयको गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका थिए। सोही कारण मन्त्रालय नियमित पुग्ने कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ।
स्वास्थ्य सेवा विभागको निर्देशक महेन्द्र श्रेष्ठले ती चिकित्सकको सम्पर्कमा रहेका र उनीसँगै खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना परीक्षण हुने बताए। उनले परीक्षण रिपोर्ट नआउनुन्जेलसम्म ती स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा राखिने पनि जानकारी दिए।
परीक्षणको रिपोर्ट पोजेटिभ आएमा उपचारका लागि अस्पताल पठाइने र रिपोर्ट नेगेटिभ आए १४ दिनसम्म घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने तयारी गरिएको विभागले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago