काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमीटेडले पूँजी वृद्धिको उद्देश्यले १० बराबर २४ कित्ताको दरले हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको छ । 

माघ २२ गते बसेको सो कम्पनीको संचालक समितिको बैठकले पूँजी वृद्धिको उद्देश्यले १ बराब २.४ अर्थात २४० प्रतिशत हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो । 

यो निर्णय बिमा समितिमा पेश भई त्यहाँबाट स्वीकृत भएपछि र कम्पनीको विशेष साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद सेयरको निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोड माथि पुग्नेछ ।