काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिक हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरिएको हो । 

कम्पनीले आगामी पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् । 

कम्पनीले शतप्रतिशत अर्थात चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ ।