काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हकप्रद सेयर बिक्री गर्नका लागि सोमबार सिर्जना फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सले फाइनान्सको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२.५० रुपैयाँ कायम गरेको हो । समायोजित मूल्यअनुसार नै फाइनान्सको सोमबार सेयर कारोबार हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री असोज १७ गतेदेखि खुलाउँदैछ । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ १० सेयरबराबर ६ सेयर (१०:६) को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सेयरधनीहरुले कात्तिक २१ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तोकिएको छ ।

हकप्रद शेयर बिक्री गर्न संस्थाले सोमबार बुकक्लोज गरेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ छ। ६० प्रतिशत हकप्रद बिक्री पश्चात फाइनान्सको चुक्ता पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ।