काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको भ्याक्सिनलाई प्रयोगको अनुमति दिनुअघि गम्भीरतापूर्वक सोच्न चेतावनी दिएको छ।
डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले सञ्चारकर्मीसँग कुराकानी गर्दै सबै देशमा ट्रायल पूरा गर्नुअघि नै औषधि वा भ्याक्सिनलाई प्रयोगको अनुमति दिने अधिकार हुने भए पनि अहिलेको यो स्वास्थ्य संकटको अवधिमा यस किसिमको गतिविधिलाई हल्का रुपमा लिनु नहुने बताएका छन्। ‘कुनै पनि देशमा बनिरहेको कोरोनाविरुद्धको भ्याक्सिनलाई ट्रायल पूरा गर्नुअघि नै प्रयोगको अनुमति दिने कुनै हल्का किसिमको काम होइन’, उनले भनेका छन्।
डब्ल्यूएचओका अनुसार अहिले विभिन्न देशमा ३३ वटा भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ। जब कि अझै पनि १४३ भ्याक्सिन प्रिक्लिनिकल मूल्यांकनको चरणमा छन्।
यसैगरी डब्ल्यूएचओले पर्याप्त तयारी विनै लकडाउन हटाइरहेका देशमा कोरोनाको कहर मडारिन सक्ने चेतावनी दिएको छ। ‘जुन देशमा अहिले पनि तीव्रगतिमा नयाँ संक्रमणका मामिला देखिइरहेको छ, यदि त्यस्ता देशमा मानिसहरुलाई बेरोकटोक जम्मा हुन र भीडभाड गर्न अनुमति दिइन्छ भने त्यहाँ बबन्डर मच्चिन सक्छ’, डब्ल्यूएचओले भनेको छ।– एजेन्सी
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago