काठमाण्डौ । हत्या आरोपमा नेपाल प्रहरीको महाराजगन्ज वृत्तमा राखिएका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। यसका साथै ती थुनुवाको सम्पर्कमा आएका अन्य ५ प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ।
गत साउन ३० गते राति काठमाण्डौको मनमैंजुस्थित एउटा खाजाघरमा विवाद हुँदा नुवाकोटका लक्ष्मण रिमाल तामाङको हत्या भएको थियो। तामाङको हत्या आरोपमा भोलिपल्ट पक्राउ गरी महाराजगन्ज वृत्तमा राखिएका ती थुनुवामा कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ।
थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनको सम्पर्कमा आएका ५ जना प्रहरीमा पनि संक्रमण देखिएको हो। अहिले ती सबैलाई विभिनन आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago