काठमाण्डौ । सरकारले प्रत्येक प्रदेशमा एक मेगासिटी बनाउने अवधारणा सार्वजनिक गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै ७ वटा प्रदेशमा ७ वटै मेगासिटी बनाउने घोषणा गरेका हुन् ।

उनले हिमाली शहरको अध्ययनलाई अगाडि बढाउने, हरियाली शहरलाई निरन्तरता दिइने तथा निर्माणाधीन तराईको हुलाकी र मध्यपहाडी राजमार्गमा १०–१० वटा नयाँ शहरको विकास गर्न बजेटको व्यवस्था गरिएको बताए । 

उनका अनुसार तराई क्षेत्रमा शहर विकासका लागि ११ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ ।