काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सूचीकृत ११ कम्पनीको वार्षिक साधारण सभा आयोजना हुँदैछ । 

आज लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट,एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर र अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । 

आज साधारण सभा बस्न लागेका यी कम्पनीमध्ये लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल गरी कुल ५ कम्पनीले मात्रै लाभांस वितरणको घोषणा गरेका छन् । 

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि), लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश(कर सहित), सोल्टी होटलले  ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद लाभांश,विन्ध्यवासिनी हाइड्रोपावरले ५.२६३२ प्रतिशत नगद लाभांश र हाथवे इन्भेष्टमेन्टले १०.५२६ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । 

यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांस आज बस्ने सम्बन्धित कम्पनीहरुको साधारण सभाबाट पारित गरिनेछ ।