काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ आगामी माघको पहिलो सातादेखि निष्कासन हुने भएको छ।

हालसम्मकै सबैभन्दा ठूलो यो आईपीओ माघ पहिलो सातातिर सार्वजनिक निष्कासन गर्ने तयारी भइरहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ। यो आईपीओमा सबै आवेदकलाई सेयर हाता पर्ने भएकाले आम सर्वसाधारणमाझ निकै बहुप्रतिक्षित र कौतुहलको विषय बनिरहेको छ।
बैंकको यो आईपीओलाई गत पुस १० गते नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएको थियो। बैंकले कुल ८ करोड कित्ता आईपीओ निष्कासन गर्नेछ। जुन १०० रुपैयाँ अंकित दरका कुल ८ अर्ब रुपैयाँबराबरको हुनेछ। 

यो आईपीओ बैंकको चुक्तापुँजीको ४० प्रतिशतबराबर हुनेछ। 

बैंकमा ६० प्रतिशत हिस्सेदारी संस्थापक सेयरधनीको हुनेछ। जसअनुसार १२ करोड कित्ता सेयर संस्थापक समूहको रहनेछ। सार्वजनिक निष्कासनपछि बैंकको चुक्तापुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।