काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पुँजीबजारमा हालसम्मकै ठूलो आईपीओ यही माघ २ गतेबाट निष्कासन गर्दैछ। बहुप्रतिक्षित यो आईपीओमा लगानी गर्न आमनेपाली निकै आतुर देखिन्छ।  

त्यसो त यो बैंकले आमलगानीकर्तालाई कति प्रतिफल (रिर्टन) देला त ? आउनुहोस् हेरौँ यो बैंक ३ वर्षको वित्तीय प्रक्षेपण। 

बैंकले अबको ३ वर्षमा खुद नाफा १ अर्ब ५९ करोड रुपैयाँ बढीको उचाइमा हुने प्रक्षेपण गरेको छ। यस्तो नाफा आर्थिक वर्ष २०७९/८० का लागि प्रक्षेपण गरिएको हो। 

बैंकले आर्थिक वर्ष २०७७/७८ मा नाफा १ अर्ब ७४ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३७ करोड रुपैयाँको हाराहारीमा हुने प्रक्षेपण गरेको छ। 

यसैगरी बैंकले आव २०७९/८० सम्म जगेडा कोषको आकार २ अर्ब ९३ करोड रुपैयाँको हुने प्रक्षेपण गरेको छ। यो कोषको आकार आव २०७७/७८ र २०७८/७९ मा भने क्रमशः २ अर्ब २९ करोड र २ अर्ब ३८ करोड रुपैयाँको हुने प्रक्षेपण गरिएको छ।

बैंकले नेटवर्थमा औसत प्रतिफल आव २०७९/८० मा ८.१३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। जब आव २०७७/७८ र २०७८/७९ मा भने यस्तो प्रतिफल क्रमशः ४.९६ र ७.१८ प्रतिशत हुने अनुमान गरिएको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने आव २०७९/८० मा ८.८२ रुपैयाँ हुने अनुमान गरिएको छ। ईपीएस आव २०७७/७८ र २०७८/७९ मा भने क्रमशः ५.५८ रुपैयाँ र ७.६७ रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

प्रतिसेयर नेटवर्थ भने आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमशः क्रमशः ११७.६९ रुपैयाँ, ११०.५४ रुपैयाँ र ११२.८० रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।