 
                     
                                
                             
                                    काठमाण्डौ । हिमाल(दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले आज(जेठ १४ गते)देखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गरेको छ ।
कम्पनीले एकसय रुपैयाँ अंकित दरका १६ लाख कित्ता आइपीओ निश्कासन गरेको हो ।
आइपीओमा छिटोमा जेठ २८ गतेभित्र र ढिलोमा असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
इलाम नगरपालिकाको वडानम्बर ९ र १०, माई नगरपालिका वडानम्बर ९ का आयोजनाबाट अति प्रभावित तथा इलाम जिल्लाका सबै आयोजना प्रभावितले आइपीओका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमीटेडले काम गर्नेछ ।
इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आइपीओका लागि आवेदन केन्द्रहरु समेत तोकिएका छन् । जसअनुसार इलामको चोकबजारस्थित लक्ष्मी बैंकको शाखा, फिकलको एभरेष्ट बैंकको शाखा, इलामको सिद्धार्थ बैंकको शाखा, इलामको भानुपथस्थित सेञ्चुरी कमर्सियल बैंकको शाखा, फिकलको ग्लोबल आइएमई बैंकको शाखा, इलामको नेपाल एसबीआई बैंकको शाखा, इलामकै माछापुच्छ्र्रे बैंकको शाखा तथा इलाम नगरपालिका वडानम्बर ९ र १० स्थित वडा कार्यालय रहेका छन् ।
संभव भएसम्म आयोजना प्रभावितले आस्वामार्फत समेत आवेदन दिन सक्नेछन् । तर, आस्वालाई अनिवार्य भने गरिएको छैन।
आयोजना प्रभावितपछि यो कम्पनीले सर्वसाधारणका लागि ६२ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ ।
केयर रेटिङ्स नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर छ भन्ने हो ।
यो कम्पनीले ४.५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युृत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19