काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स लिमीटेडले आफ्ना सेयरधनीलाई एकैपटक २२० प्रतिशत हकप्रद दिने घोषणा गरेको छ । 

हालै सम्पन्न कम्पनीको संचालक समितिको बैठकले पूँजी वृद्धिको उद्देश्यले आफ्नो सेयरधनीलाई एकैपटक २ सय २० प्रतिशत अर्थात १ बराबर २.२ का दरले हकप्रद दिने घोषणा गरेको हो । 

नेपाल स्टक एक्सचेञ्जले हिमालयन जनरलले प्रस्ताव गरेको हकप्रदको बिषय एक सूचनामार्फत बुधबार जानकारी दिएको हो । यो हकप्रदको प्रस्ताव कम्पनीको आगामी  असोज ७ गते हुन लागेको विशेष साधारणसभाबाट  पारित हुनुपर्नेछ । 

यो निर्जिवन बिमा कम्पनीले आर्थिक वर्ष २०७२/७३ को अवधिमा १२ करोड ७९ लाख रुपैयाँ  खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी ३२ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रदको निश्कासन र व्यवस्थापनपछि चुक्तापूँजी १ अर्ब  २ करोड रुपैयाँ पुग्नेछ ।