काठमाण्डौ । हिमालयन डिस्टिलरीसहित १० कम्पनीको वार्षिक साधारणसभा आज पुस २८ गते बस्दैछ।
आज हिमालयन डिस्टिलरी, मितेरी डेभलपमेन्ट बैंक, उन्नति सहकार्य लघुवित्त, नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, न्यादी हाइड्रोपावर, बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल, पाँचथर पावर र तेह्रथुम पावरले वार्षिक साधारणसभा वार्षिक साधारणसभा डाकेका हुन्।
हिमालयन डिस्टिलरीको २१ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ७५ बोनस सेयर र २५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०० प्रतिशत लाभांश पारित गर्नेछ।
त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको १६ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद (कर प्रयोजनार्थ)सहित १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
उन्नति सहकार्यको गत आर्थिक वर्षका लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर आजको सातौँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
नेपाल हाइड्रोले पनि आज बस्ने १५ औँ वार्षिक साधारणसभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण प्रस्ताव लैजाँदैछ।
पञ्चकन्या माई हाइड्रोले भने गत ३ आर्थिक अन्य कम्पनीहरुले भने लाभांश प्रस्ताव गरेका छैनन्। वर्षको एकैपटक वार्षिक साधारणसभा डोकेको छ।
यी १० वटै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन आज वार्षिक साधारणसभामा छलफल गरी पारित गर्नेछ।
त्यसैले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि यी कम्पनीको सभाले अनुमोदन गर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19