काठमाण्डौ । हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले सिभिल बैंकलाई प्राप्तिपछि बैंक थप सबल, सक्षम र प्रगतिशील बन्ने बताएका छन्।
सिभिललाई प्राप्तिपछि आजबाट एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले दुई बैंक गाभिएर एक बनेपछि थप उत्कृष्ट बन्ने बताए। ‘हिमालयन बैंक अझ वृहत परिष्कृत बनेको छ’, उनले भने, ‘२६ अर्ब अधिकृत पुँजी, २१.६५ अर्ब चुक्तापुँजी, २७४ अर्ब कुल निक्षेप र २५० अर्ब कुल कर्जा पुगेको छ।’
अध्यक्ष श्रेष्ठले हिमालयन बैंक देशकै उत्कृष्ट र ठूलो बैंक बन्ने दाबी पनि गरे। ‘गुणास्तरीय सेवा र क्षमतावान कर्मचारीका कारण हिमालयन बैंक सफल बैंक बन्नेछ’, उनले भने, ‘प्रविधिमैत्री बैंक बन्नेछौँ हामी, सरल र सबल बन्नेछौँ।’
अध्यक्ष श्रेष्ठले लगानीकर्तालाई उच्च रिटर्न दिन बैंक केन्द्रित रहने पनि प्रतिबद्धता गरे।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19