काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार हिमालयन रिलाई प्रिमियममा आईपीओ ल्याउन अनुमति दिएको हो। हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा आईपीओ ल्याउन अनुमति दिइएको सेबोनका एक उच्च अधिकारीले जानकारी दिए। यसअघि हिमालयन रिले भने अंकित मूल्यमा १० प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको थियो।

यो कम्पनीले गत भदौ २६ गते सेबोनमा आईपीओ ल्याउन आवेदन दिएको थियो।

अब कम्पनीले प्रिमियम मूल्यमा ३ करोड कित्ता आईपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ आईपीओ बिक्रीबाट संकलन गर्नेछ।

हिमालयन रिको बिक्री प्रबन्धकमा एमएमबि क्यापिटल रहेको छ।