काठमाण्डौ । नियामक निकायको सेटिङ र निकै ठूलो विवादमा परेको हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आठौं दिन अर्थात् मंगलबारसम्ममा ६० प्रतिशतभन्दा बढीको आबेदन परेको छ ।
कम्पनीले प्रिमियम दरमा गत सोमबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निश्कासन गरिरहेको छ । कुल ३० लाख कित्ता आईपीओको बिक्री खुल्ला गरिएकोमा मंगलबार साँझसम्ममा २० हजार ५७४ जना आवेदकले १८ लाख ६९ हजार २२० कित्ता सेयर खरीदका लागि आवेदन दिएका छन् ।
सिडीएसीका अनुसार कम्पनीको आईपीओमा ३८ करोड ५० लाख ५९ हजार रुपैयाँभन्दा बढीको खरिद आवेदन परेको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँमा प्रिमियम बापत १०६ रुपैयाँ थप गरी कुल प्रतिकित्ता २०६ रुपैयाँका दरले साधारण सेयरको निश्कासन खुला गरेको छ ।पहिलो चरणमा खुलाइएको निश्कासनमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मात्र आवेदन दिन पाउनेछन् ।
धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार विदेशमा काम गर्ने नेपालीहरुले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
आईपीओ खरीदका लागि आगामी मंसिर १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
यो कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सेटिङमा प्रिमियममा आईपीओ निश्कासन गर्न दिइएको विषय निकै विवादास्पद छ ।
कम्पनीको अवस्था खासै सन्तोषजनक नभए पनि यसका प्रमोटरहरुलाई सर्वसाधारणबाट पैसा संकलन गर्ने अवसर प्रदान गर्न अध्यक्ष हमालले गडबडीपूर्ण ढंगले स्वार्थप्रेरित निर्णय गरेको विषयमा विवाद हुँदै आएको छ ।
यो कम्पनीको आईपीओ रोक्न केही समयअघि संघीय संसदको अर्थसमितिले निर्देशन दिए पनि पछि पुनः सेटिङ मिलाइएपछि निश्कासन गरिएको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago