काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ आइतबार बिहान बाँडफाँट गरेको छ  ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए  । जसमध्ये ३२ हजार ५६ जना आवेदकले कम्पनीको आईपीओ पाएका छन् ।  लगानीकर्ताले १८० कित्तासम्म सेयर पाएका छन्  ।

क्यापिटलका अनुसार आवेदन दिएका मध्ये आठ जनाको आवेदन रद्द भएको छ  । यसैगरी, १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम आईपीओ पाएका छन्  । 

कम्पनीले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।  

निकै ठूलो विवादमा परेको भए पनि कम्पनीको आईपीओले सुखद ओपनिङ गरेको थियो ।

अब यसपछि कम्पनीले आगामी मंसिर २७ गतेदेखि सर्बसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ ।