काठमाण्डौ। हिमालयन क्यापिटलले निष्कासन गरेको हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाई बुधबार नेप्सेमा सूचीकृत भएको छ । 

फण्डको १० करोड इकाई सूचीकृत भएकाले बिहीबारबाट कारोबार गर्न सकिने छ । 

कम्पनीले गत साउन ३२ गतेदेखि हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि हिमालयन ८०–२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्कासन गरेको थियो ।  उक्त योजनाको आकार १ अर्ब रुपैयाँ छ । 

यसैगरी, १०% केबीएल डिवेञ्चर पनि सूचीकृत भएको  छ। कुमारी बैंकले १० वर्षे अवधिका लागि निष्कासन गरेको ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएकाले कम्पनीको डिवेञ्चरको बिहीबारबाट कारोबार गर्न सकिने छ ।