काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै ३ लाखभन्दा बढीले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझसम्म ३ लाख ३७ हजार ९६४ जना आवेदकबाट कुल ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ ।
साथै कम्पनीको आइपीओमा पहिलो दिनमा नै १ अर्ब २४ करोड २३ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा पुस १ गतेसम्म आईपीओ खरिदका लागि आवेदन दिन सकिने धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्डक्लियरिङ्ग लिमिटेडबाट निर्मित मेरोसेयर सफ्टवेयरमा गएरसमेत आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago