काठमाण्डौ । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा तेस्रो दिन शुक्रबारसम्ममा १० लाखभन्दा बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०८ बजेसम्ममा  १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन् । 

जसअनुसार १ करोड ८० लाख ६३ हजार ७९० कित्ता सेयरको लागि आवेदन परेको छ । यसबाट ३७ अर्ब २१ करोड १४ लाख ३ अर्ब ७२ करोड ११ लाख ४० हजार ७४० रुपैयाँ संकलन भएको छ ।


  कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

छिटोमा पुस १ गतेसम्म आईपीओ खरिदका लागि आवेदन दिन सकिने धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले बताएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्डक्लियरिङ्ग लिमिटेडबाट निर्मित मेरोसेयर सफ्टवेयरमा गएरसमेत आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।