काठमाण्डौ ।हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आइतबारसम्ममा १४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०८ बजेसम्ममा  १४ लाख ६० हजार ११७ जना आवेदकले २ करोड ८० लाख ६१ हजार ३६० कित्ता सेयरको लागि आवेदन दिएका छन् । 

जसअनुसार उक्त आबेदनबाट ५ अर्ब ७८ करोड ६ लाख ४० हजार रुपियाँभन्दा बढीको माग भएको छ ।    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर प्रतिसेयर २०६ रुपैयाँको दरले २ करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले चालू आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १०.२६ रुपैयाँसम्म हुने प्रक्षेपण गरेको छ । अर्को वर्ष १५.५२ तथा आर्थिक वर्ष ०८२/८३ मा २२.८६ रुपैयाँ ईपीएस हुने उसको दाबी छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ओभर सब्सक्राइब भएता पनि सोमबार साँझ ५ बजेसम्म लगानीकर्ताहरुले आबेदन दिन सक्नेछन् । क्यापिटलले माग अनुसार  सब्सक्राइब भइसकेकोले सोमबार सूचना निकालेर आबेदन बन्द गर्ने बताएको छ । 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सिडिएस एण्डक्लियरिङ्ग लिमिटेडबाट निर्मित मेरोसेयर सफ्टवेयरमा गएरसमेत आईपीओ खरिदका लागि आवेदन दिन सकिनेछ ।