काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। 

बैंकले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी सुब्बाप्रसाद लामिछाने,आशामान तण्डुकार,कालु गुरुङ र तिर्थराज नेपालको नाममा रहेको ७८ हजार ४२ कित्ता सेयर सेयर बिक्रीमा राखेको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकत्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्। यो सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। 

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा संस्थापकबाहेक अन्य खरिदकर्ताका लागि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएको छ।