काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी पुस २५ गते प्रथम साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सभा भर्चुअल माध्यम जुम मार्फत् हुनेछ । सभामा आईपीओ जारी गर्ने प्रस्ताव छ । साथै सभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबकिताब, सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि गर्नेछ । 

नेपाल रिपब्लिक मिडियाले भने यसअघि नै आईपीओ निष्कासन गरिसकेको छ । सोही आधारमा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक कम्पनीले आईपीओ निष्कासन गरेर  पूँजी जटाउने तयारी गरेको हो ।

कान्तिपुर टेलिभिजन नेटवर्कले पनि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको  छ।