काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको गत पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले माघ १८ गते साधारणसभा आह्वान गरेको छ ।सभा सिल्भर ओक ब्याक्वेट गैरीधारा काठमाण्डौमा बिहान ११ बजे शुरु हुनेछ 

सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० को  लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । 

सभाले नियमनकारी निकायहरुले प्रस्तावित विषय उपर कुनै फेरबदल,संशोधन एव परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

माघ २ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।