काठमाण्डौ । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले यसका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सम्झौतामा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता साधारण सेयर अंकितमूल्यमा सर्वसाधारणलाई निष्कासन गरिनेछ ।
कम्पनीले अंग्रेजी भाषामा द हिमालयन टाइम्स तथा अनलाइन सञ्चालन गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago