काठमाण्डौ । हिमालयन डिस्टीलरी लिमीटेडले खूद नाफामा ६९.२४ प्रतिशतको छलाङ मारेको छ । 

यो कम्पनीको बलियो त्रैमासिक रिपोर्ट आउने हल्लाका बीच दोश्रो बजारमा सेयर मूल्य केही दिनअघिदेखि बढ्दै आएको छ । बजारमा चलेको हल्लाअनुसार नै यो कम्पनीले निकै राम्रो प्रगति गरेको हो। 

कम्पनीले अघिल्लो वर्षको यही अवधिमा १९ करोड ३२ लाखमा सीमित खूद नाफालाई ३२ करोड ७१ लाखको उचाईमा पुर्याएको हो । 

कम्पनीले ३१ करोड ७० लाखमा सीमित संचालन मुनाफालाई बढाएर ५४ करोड १२ लाखको उचाई चुमाएको छ । 

कम्पनीबाट उत्पादित बस्तुको बिक्रीबाट  समीक्षा अवधिमा १ अर्ब ७२ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४५ करोडमा सीमित थियो । 

कम्पनीको नाफा बढेसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि छलाङ मारेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५०.१२ रुपैयाँ रहेको इपीएस बढेर ८४.८३ रुपैयाँको उचाईमा पुगेको हो । इपीएसतर्फ कम्पनीले ६९.२५ प्रतिशतको छलाङ मारेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २६९.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.९१ गुणा कायम भएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ३८ करोड ५६ लाख रहेको छ भने प्रतिसेयर कुल सम्पत्तिको अनुपात ३२८.५७ रुपैयाँ रहेको छ ।