काठमाण्डौ । विद्युत नियमन आयोगले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडलाई चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयरको अजेन्डा वार्षिक साधारणसभा (एजीएम) लैजान सहमति प्रदान गरेको छ।
कम्पनीले आफ्नो १३ औँ र १४ औँ वार्षिकसाधारणसभाबाट पारित गर्ने गरी १ः०.७५ अनुमापतमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजानेछ। यसको पूर्वस्वीकृतिका लागि कम्पनीले गत साउन ८ गते विद्युत नियमन आयोगमा निवेदन दिएको थियो।
कम्पनीले दिएको निवेदनमा आयोग सञ्चालक समितिको भदौ १० गते बैठक बसेको थियो। सोही बैठकले हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारणसभा लैजान सहमति प्रदान गरेको हो।
आयोगको स्वीकृतिसँगै अब कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेसम्बन्धी प्रस्ताव वार्षिक साधारणसभाबाट पारित गर्नेछ।
यसैबीच कम्पनी सञ्चालक समितिको बैठकले यसअघि स्थगित भएको आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को वार्षिक साधारणसभा पुनः डोकेको छ। सभा भदौ १९ गते काठमाण्डौको नक्सालस्थित लिसारा बैंक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सोही सभाले हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित गर्नेछ।
यसअघि गत भदौ ३ गते डाकिएको वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो।
सभाबाट पारित भएपछि कम्पनी हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19