काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले संस्थापक सेयरधनीको सेयर फुकुवा गरेको छ। 

कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीको सेयर फुकुवा गरिएको जनाएको छ। 

कम्पनीमा १० हजार र सोभन्दा बढी सेयर लगानी गर्ने सञ्चालक र निजका एकाघरका परिवारबाहेक अन्य सबै संस्थापक सेयरधनीको सेयर फुकुवा भएको हो। 

आफ्नो परिचय खुल्ने सरकारी कागजातसहित काठमाण्डौको नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङमा गई सक्कल प्रमाणपत्र बुझिलिन सेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको छ।