काठमाण्डौ । हिमालय एअरलाइन्सले काठमाण्डौ र बेइजिङबीचको नियमित उडान सञ्चालन गरेको छ। यस नयाँ सेवाले बेइजिङ र काठमाण्डौ घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ। यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ।

काठमाण्डौ–बेइजिङ–काठमाण्डौ रुट जुन २४ देखि हरेक शनिबार सञ्चालनमा आएको छ। चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एअरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका छन्। उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फ गहिरो ध्यानाकर्षणको प्रतीक पनि हो। यात्रुहरूले हिमालय एअरलाइन्समा हिमालयन आतिथ्यताको अनुभव गर्दै यस रुटमा यात्रा गर्न सक्नेछन्।  

एअरलाइन्सको पहिलो उडान एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ७ः४० मा प्रस्थान गरेको थियो र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण भएको गिथयो। उडानको अवधि ४ घन्टा ४५ मिनेटको रहेको छ। 

यसका साथै बेइजिङबाट फर्किने उडान एच नाइन ६६६ स्थानीस्य समयअनुसार दिउँसोे ३ः२५ मा प्रस्थान गर्ने तालिका रहेको थियो। जसअनुसार बेलुका ६ः३० मिनेटमा काठमाण्डौमा अवतरण गरेको थियो। 

हिमालय एअरलाइन्सले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाण्डौ–बेइजिङ–काठमाण्डौ रुटद्वारा एअरलाइन्सले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरुबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। ‘काठमाण्डौ र बेइजिङबीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छाँै। यस क्षेत्रका दुई प्राचीन राजधानीहरुलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्नसमेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरु पुनः सुचारु हुनु महत्वपूर्र्ण छ’, एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउनेमात्र होइन व्यावसायिक र फुर्सदका यात्रुहरु दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ।’ 

यात्रुहरुले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाण्डौ–बेइजिङ–काठमाण्डौ उडानको टिकट बुकिङ गर्न सक्नेछन्।