Himalaya Urja Bikas Compnay Limited
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ करोड ९० लाख बराबरको आइपीओ निश्कासन गर्नेछ ।
कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यसका लागि कम्पनीले चैत २१ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ।
यो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ जारी गर्नेछ । त्यसपछि सर्वसाधारण लगानीकर्ताका लागि समेत १४ करोड ८५ लाख मूल्यको आइपीओ निश्कासन गर्ने योजना रहेको छ ।
यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना हो ।
यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago