काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीलाई धितोपत्र बोर्डले ९ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।
बोर्डले यो कम्पनीलाई असोज २ गते आयोजना प्रभावितका लागि ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको अनुमति दिएको हो ।
पहिलो चरणमा आयोजना प्रभावितका लागि सेयर निश्कासनपछि कम्पनीले दोश्रो चरणमा सर्वसाधारणका लागि समेत आइपीओ निश्कासन गर्नेछ । आयोजना प्रभावित र सर्वसाधारण गरी कम्पनीले कुल २४ लाख ७५ हजार कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । सर्वसाधारण लगानीकर्ताका लागि भने १४ करोड ८५ लाख रुपैयाँको आइपीओ निश्कासन हुनेछ ।
कम्पनीले जारी गर्न लागेको आइपीओवलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ दिएको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसतभन्दा कमजोर भन्ने हो ।
कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।
यसका लागि कम्पनीले चैत २१ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ।
यो कम्पनीको जारी पूँजी ९९ करोड रुपैयाँ रहेको छ, जसको १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना हो ।
यो कम्पनीले हाल रामेछाप र दोलखा हुँदै बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको माथिल्लो खिम्ती र ७ मेगावाटको माथिल्लो खिम्ती २ आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजना आगामी वर्षको चैतसम्म सम्पन्न गरिसक्ने कम्पनीको लक्ष्य छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago