काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा तेश्रो दिनसम्म करिब १९ प्रतिशत बिक्री भएको छ ।
यो तथ्यांक शुक्रबारसम्मको हो ।
हिमाल दोलखा हाइड्रोपावरको आइपीओमा करिब ३० हजार ५०० बढी आवेदकबाट करिब १४ लाख हाराहारी कित्ता खरीदका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसँगै हिमाल दोलखाले प्रतिकित्ता १०० दरका ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको बुधबारदेखि प्राथमिक निश्कासन गरेको हो ।
यसमा १ लाख ५३ हजार ४४४ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।
आईपीओका निष्कासन बन्द हुने मिति छिटोमा असार २९ गते र ढिलामा साउन २४ गतेसम्म हुने कम्पनीले जनाएको छ ।
यो आईपीओलाई केयर रेटिङ नेपालले औसतभन्दा कम आधारहरु जनाउने ‘केयर–एनपी आईपीओ ग्रेड ४’ प्रदान गरेको छ ।
यसअघि कम्पनीले गत जेठ १४ गतेदेखि आयोजना प्रभावितका लागि १६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो ।
यो कम्पनीले ४.५५ मेगावाट क्षमताको माईखोला साना जलविद्युत आयोजना तथा ८ मेगावाट क्षमताको माई स्मल क्यास्केड आयोजना संचालनको क्रममा छ । दुवै आयोजना इलाम नगरपालिकामै छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19