काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल अन्तर्राष्ट्रियस्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा आक्रामक बनेको छ।
विशेषज्ञ चिकित्सकहरुसहितको अनुभवी स्वास्थ्यकर्मीहरुको टिम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरुको उद्धार (रेस्क्यू)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको हो।
गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरुको रोजाइमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन्। नर्भिकले आफ्नो अस्पतालका लागिमात्र नभई बिरामीहरुको आवश्यकताअनुसार अरु अस्पतालका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको उनले जानकारी दिए।
‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ। ‘यसलाई हामी अझ आक्रामक रुपमा अगाडि बढाउने निर्णयमा पुगेका छौँ’, उनले भने, ‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरुको सेवा गरिरहेका छौँ। यो सेवालाई अझ आक्रामक रुपमा बिस्तार गर्दै लगिनेछ।’
कोरोनाभाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौँ गम्भीर बिरामीहरुलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो। कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको मागसमेत ह्वात्तै बढेको मिश्र बताउँछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19