काठमाण्डौ । होङ्शी शिवम् सिमेन्ट प्रालिले आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित भएको छ। 

हालै सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको १०.२० प्रतिशत लाभांश अनुमोदन गरेको हो। 

यो कम्पनीमा शिवम सिमेन्ट लिमिटेडको सहायक कम्पनी शिवम होल्डिङ्सको लगानी ३० प्रतिशत लगानी छ। बाँकी ७० प्रतिशत लगानी चीनको होङ्शी होल्डिङ ग्रुपअन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको रहेको छ। शिवम होल्डिङ्सले होङ्शी शिवममा ३ अर्ब ८२ करोड १९ लाख ९६ हजार ९०० रुपैयाँ लगानी गरेको छ। 

होङ्शी शिवम सिमेन्टको चुक्तापुँजी १२ अर्ब ७३ करोड ९९ लाख ८९ हजार ८०० रुपैयाँ चुक्तापुँजी रहेको छ । चुक्तापुँजीको १०.२० प्रतिशतले हुन आउने ३९ लाख ३१ कित्ता सेयर शिवम होल्डिङ्सले प्राप्त गरेको छ।