काठमाण्डौ । होटल फोरेष्ट इन लिमिटेडले आगामी कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांकेटमा अपरान्ह ५ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित गर्ने छ । 

 कम्पनीले काठमाण्डौको बूढानीलकण्ठमा पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले अन्तरराष्ट्रिस्तरको होटल सञ्चालनका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रूप (आईएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ।