काठमाण्डौ । अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियल आईपीओ ल्याउने भएको छ।
होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
यसैबीच होटेल क्राउन इम्पेरियलको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध सञ्चालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन्।
अर्किड होल्डिंग्सले २०७६ असार १३ गतेबाट काठमाण्डौको रविभवनमा चारतारे होटल ‘होटेल क्राउन इम्पेरियल’ सञ्चालनमा ल्याएको हो। १३१ वटा कोठा रहेको होटेलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुईवटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जनासम्मको २ वटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्मको दुईवटा मिटिङ रुम र ३०० जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधा छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19