काठमाण्डौ । होटेल फरेस्ट इन लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डमा गत कात्तिक १५ गते निवदेन दिएको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएपछि ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सयर निष्कासन गर्नेछ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीको गत कात्तिक ११ गते बसेको विशेष साधारणसभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने मूख्य प्रस्ताव पारित  गरेको थियो ।

 यस कम्पनीले काठमाण्डौको बूढानीलकण्ठमा  पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले होटेल  सञ्चालनको लागि  अन्तरराष्ट्रिय होटल ब्रान्डका लागि इन्टरकन्टिनेन्टल होटल्स ग्रूप (आईएचजी) सँग लाइसेन्स सम्झौता गरेको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया बिक्री प्रबन्धक रहेको छ ।