काठमाण्डौ । भोलि फागु पूर्णिमा अर्थात होली पर्व। देशभर रमाइलो गरी यो पर्व मनाइन्छ। विशेषगरी परिवारका सदस्यसँग घरमै र साथीभाइसँग घरबाहिर रङको यो पर्व मनाइन्छ। जब तपाइँले कसैलाई रङ लगाइदिनु हुन्छ वा कसैले तपाइँलाई रङ दलिदिन्छन्, तब छुट्टै मज्जा महसुस हुन्छ। 

यो रंगीन पर्वमा रमाइलोसँगै मोबाइल फोनको टेन्सनले पनि सताउँछ। मानौँ तपाइँले आफ्नो स्मार्टफोनबाट होलीको तस्बिर खिच्दै हुनुहुन्छ, एक्कासि कसैले हालेको पानी फोन भिज्यो। यस्तो अवस्थामा हतारमा कुनै कदम चाल्नुहुँदैन।

फोन पानीले भिजेमा वा पानीमा खस्यो भने तपाइँलाई उपयोगी हुन सक्ने केही यस्ता टिप्स हामी बताउन गइरहेका छौँ। यसको मद्दतले तपाइँले फोनलाई बिग्रनबाट बचाउन सक्नुहुन्छ। 

१. यदि फोन पानीमा भिजेको छ भने पहिले यसलाई बन्द गर्नुहोस्। फोन अन हुँदा भित्री भागमा पानी पर्यो भने सर्ट सर्किट पनि हुन सक्छ। यो पनि ध्यान राख्नुहोस् कि फोन पानीमा खसेको छ वा भिजेको छ भने त्यसको कुनै बटनले काम गरिरहेको छ वा छैन भनेर जाँच्ने प्रयास नगर्नुहोस्। यसलाई बन्द गर्नु बुद्धिमानी हुनेछ।

२. भिजेको फोन बन्द गरेपछि, त्यसको सबै एक्सेसरिज अलग गर्नुहोस्। अर्थात् ब्याट्री, सीम कार्ड, मेमोरी कार्डसहित फोनमा जोडिएको कार्डलाई अलग गर्नुहोस् र सुख्खा तौलियामा राख्नुहोस्। यी सबै एक्सेसरिज अलग गर्नाले सर्ट सर्किटको जोखिम कम हुनेछ।

३. यदि तपाइँको फोनमा हटाउन नसकिने ब्याट्री (फोनमा फिक्स गरिएको ब्याट्री) छ भने ब्याट्री हटाउने र बन्द गर्ने विकल्प हराउनेछ। यस अवस्थामा फोन बन्द नभएसम्म पावर बटन थिच्नुहोस् र होल्ड गर्नुहोस्। हटाउन नसकिने ब्याट्रीले फोनमा सर्ट सर्किट हुन सक्छ।

४. फोनको एसेसरिज डिसेम्बल गरिसकेपछि फोनका सबै भाग सुकाउनु आवश्यक हुन्छ। यसका लागि पेपर न्यापकिन प्रयोग गर्नु राम्रो मानिन्छ। यसबाहेक नरम तौलिया पनि फोन पुछ्न प्रयोग गर्न सकिन्छ।

५. तौलियाले पुछेपछि सबैभन्दा महत्वपूर्ण कुरा फोनको भित्री भागहरु सुकाउनु हो। यसका लागि फोनलाई सुख्खा चामलमा हालेर भाँडोमा राख्नुहोस्। चामलले छिट्टै पानी सोस्छ। यस्तो अवस्थामा फोनको भित्री भाग सुक्छ।

६. यदि तपाइँ फोनलाई चामलको भाँडोमा राख्न चाहनुहुन्न भने सिलिका जेल प्याक पनि प्रयोग गर्न सकिन्छ। यी जेल प्याकहरु जुत्ता बक्स, ग्याजेट बक्सहरुमा राखिन्छन्। तिनीहरुमा चामलभन्दा छिटो पानी सोस्ने क्षमता हुन्छ।

७. आफ्नो फोनलाई सिलिका प्याक वा चामलको भाँडोमा कम्तीमा २४ घन्टासम्म छोड्नुहोस्। यो पूर्ण रुपमा सुक्दासम्म यसलाई खोल्नेबारे सोच्नुहोस्। फोनसँगै ब्याट्री र अन्य सामान पनि चामलमा सुकाउन सकिन्छ। फोन पूरै सुख्खा नभएसम्म अन नगर्नुहोस्।

८. २४ घन्टापछि फोन र त्यसका पार्टहरुसुकिसकेपछि अन गर्नुहोस्। यदि फोन अझै अन भएन भने सर्भिस सेन्टरमा लैजानुहोस्।

  • फोनलाई ड्रायरले सुकाउने प्रयास नगर्नुहोस्। ड्रायरले धेरै तातो हावा उत्सर्जन गर्छ। जसले फोनको सर्किट पग्लन सक्छ।
  • फोन भिजेमा तुरुन्तै बन्द गर्नुहोस्। अन्य कुनै पनि बटन प्रयोग गर्दा सर्ट सर्किटको जोखिम बढ्न सक्छ।
  • फोन पूरै सुख्खा नभएसम्म हेडफोन ज्याक र यूएसबीको प्रयोग नगर्नुहोस्। यसले जोखिम बढाउँछ।
  •