काठमाण्डौ । बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । फलस्वरुप बुधबार नेप्से परिसूचक १८.८२ अंकले घट्दै १३४५.९९ विन्दूमा झरेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा केही घटेको छ भने बजार राताम्मे भएको छ ।
लगानीयोग्य पूँजी अभावको समस्याको गम्भीर असर बजारमा देखिन थालेको हो । यस्तै, बजारको चलखेल समेत उस्तै छ । एकदिनको बजारको वृद्धि लगत्तै अत्यन्त सानो नाफा समेत बुक गरेर बिक्री गरिहाल्ने सर्टटर्म कारोबारीको गलत प्रवृतिले समेत बजार घटाउन बल परिरहेको देखिएको छ ।
यसैगरी, बजारमा सुधार हुनसक्ने चमात्कारिक परिवर्तन केही पनि भएको छैन । अर्थमन्त्रीको रुपमा अर्थशास्त्री डा. युवराज खतिवडाले पदबहाली गरे पनि बजार बिस्तार वा बजार बढाउने गरी उनले कुनै पनि नीति लिइसकेका वा त्यस बिषयमा बोलिसकेका छैनन् । सरकारले समग्र कार्ययोजना र त्यसमा बजारका एजेण्डालाई समेत सार्वजनिक गर्ने भनिए पनि मन्त्रीपरिषदले पूर्णता पाउन नसक्दा त्यसले पनि मूर्त रुप पाउन सकेको छैन ।
अर्कोतर्फ, लगानीकर्ताहरुलाई हकप्रदको भारीले समेत थिच्नुु थिचेको छ । लगानीयोग्य पूँजीको अभाव भइरहेको बेला ठूलो परिमाणमा हकप्रद सेयर खरीद गर्नुपर्ने बाध्यताले कतिपय लगानीकर्ता दोश्रो बजारको सेयर बिक्री गर्नतर्फ लागिरहेका छन् । पूँजीकै अभावमा कतिपय ठूला र राम्रा बैंकको सेयर समेत बिक्री नभएर अक्सन मार्केटको साहारा लिनुुले समेत क्रेडिट क्रञ्चको अवस्था कतिसम्म भयावह छ भन्ने देखिन्छ ।
यी र यिनै कारणले होलीको पूर्वसन्ध्यामा बजार रातो रंगले रंगिएको हो । यो दिन सबै समूहको सूचक घटे ।
बैकिङ समूह १४.२९ अंकले घट्दा बिमा समूह १५१.२२, विकास बैंक १८.४६, माइक्रोफाइनान्स समूह २२.५३ र बित्त समूह ९.३७ अंकले घटे । यस्तै, होटल समूह २८, व्यापार समूह ६.४२, जलविद्युत समूह २८.७८, उत्पादनमूलक ४.६६ र अन्य समूह १०.१५ अंकले घटे ।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.७८ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.३५ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६० कम्पनीका १३ लाख ३७ हजार ३ सय ३७ कित्ता सेयर ५४ करोड ३४ लाख ३१ हजार ५ सय ८३ रुपैयाँमा किनबेच भयो । मंगलबार कारोबार रकम ५५ करोड भन्दा माथि थियो ।
यो दिन प्रभूू बैंकले सबैभन्दा बढी ६ करोड माथिको कारोबार गर्यो । यस्तै, प्राइम लाइफले ४ करोड ६६ लाख, नेपाल लाइफले साधारण र संस्थापक समूह समेत गरी ७ करोड ७२ लाख बढी, नागरिक लगानीकोषले २ करोड ३९ लाख, फरवार्ड माइक्रोफाइनान्सले १ करोड ६२ लाख, सिभिल बैंकले १ करोड ५६ लाख, राष्ट्रिय बिमा कम्पनी लिमीटेडले १ करोड ३९ लाख, नवील बैंकले १ करोड ३३ लाख र एभरेष्ट बैंकले १ करोड २५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो ।
सिभिल बैंकले सबैभन्दा धेरै गुमायो । यो बैंकको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago