काठमाण्डौ । तराई क्षेत्रमा होलीको रौनक चलिरहेको बेला सेयर बजारमा रातो रंग पोतिएको छ ।
मोफसल(तराई)का लगानीकर्ताहरु कारोबारमा सक्रिय नबनेका कारण साताको अन्तिम कारोबार दिन बिहीबार समेत बजार प्रभावित भएको हो ।
यस्तै, काठमाण्डौका तराई मूलबासी लगानीकर्ताहरु समेत बिहीबार नै होलीको उमङ्गमा रमाएका छन् । यसले त्यस्ता लगानीकर्ताहरुको सक्रियता समेत ठप्प बन्यो ।
लगानीकर्ता होलीको रंगमा रंगिएकै कारण बिहीबार नेप्से परिसूचक ६.८६ अंकले घटेर ११४०.६० को विन्दूमा समेटिन पुग्यो ।
यो दिन बजारमा २७ करोड भन्दा केही बढीको मात्र सेयर कारोबार भयो ।
कारोबार रकम र नेप्से परिसूचकमा होलीको प्रभाव परेको विश्लेषकहरुले बताएका छन् ।
यो दिन राम्रा कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५६ अंकको गिरावट देखिएको छ ।
बैंकिङ समूह ७.१९ अंकले घटेको यो दिन व्यापार समूह २.७९ अंक, जलविद्युत समूह ५.१८ अंक, बित्त समूह १.३७ अंक, निर्जीवन बिमा समूह ६९.१८ अंक, जीवन बिमा समूह ६१.७६ अंक र माइक्रोफाइनान्स समूह १०.४६ अंकले घटे ।
यो दिन होटल समूहमा १.०३ अंकको झिनो बढोत्तरी देखियो भने विकास बैंक समूह २.७६ अंक, उत्पादनमूलक समूह १.१६ अंक र अन्य समूह ०.७७ अंकले बढे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका ९ लाख ७४ हजार ७२६ कित्ता सेयर २७ करोड २४ लाख ९४ हजार ५६५ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड बढीको कारोबार गर्यो ।
ग्लोबल आइएमई बैंकको १ करोड ८२ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सिटिजन्स बैंकको ९६ लाख, अपर तामाकोशीको ९३ लाख, एनआइसी एशियाको ८८ लाख, नागरिक लगानीकोषको ८३ लाख, एलआइसी नेपालको ८३ लाख, एनसीसी बैंकको ८२ लाख, एभरेष्ट बैंकको ७५ लाख र प्रभू बैंकको ७३ लाख बढीको कारोबार भयो ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि आशा लघुवित्तको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाए ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19