काठमाण्डौ । ह्वाट्सएपले प्रयोगकर्ताको अनुभवलाई सुधार्नका लागि नयाँ फिचरहरु जारी गरिरहन्छ। प्रयोगकर्ताले यसलाई एन्ड्रोइड, आईओएस र वेब प्लेटफार्ममा प्रयोग गर्न सक्छन्।
अब कम्पनीले नयाँ फिचरको परीक्षण गरिरहेको छ । यसबाट प्रयोगकर्ताले बिना फोन नम्बर पनि ह्वाट्सएप प्रयोग गर्न सक्नेछन्।
यो सुविधाले ट्याब्लेटका लागि काम गर्नेछ। प्रयोगकर्ताले ट्याब्लेटमा फोन नम्बर बिना पनि ह्वाट्सएप प्रयोग गर्न सक्नेछन्।
यो बिटा प्रयोगकर्ताका लागि पनि जारी गरिएको छ।
कम्पनीले एउटा अपडेट जारी गरेको छ। यो अपडेट गुगल प्ले बिटा कार्यक्रममार्फत जारी गरिएको छ। यो एपको २.२२.२४.८ संस्करण हो। यसमा ट्याब्लेटका लागि लेटेस्ट ह्वाट्सएपको सुविधा दिइएको छ।
यद्यपि हाल यो डेभलपमेन्ट नै चरणमा रहेको छ। यसलाई सेलेक्टेड बिटा टेस्टर्सका लागि उपलब्ध गराइएको छ।
आगामी समयमा एन्ड्रोइड ट्याब्लेटका लागि ह्वाट्सएपको लेटेस्ट कम्पेनियन मोड प्रयोगकर्ताका लागि जारी गर्न सकिन्छ।
हाल प्रयोगकर्तालाई ट्याब्लेटमा ह्वट्सएप प्रयोग गर्न सेकेन्डरी फोन नम्बर चाहिन्छ। –एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19