काठमाण्डौ। लोकप्रिय मेसेजिङ प्लेटफर्म ह्वाट्सएप भोलि अक्टोर २४ बाट धेरै फोनहरुमा नचल्ने भएको छ। प्रयोगकर्ताले अब ह्वाट्सएप प्रयोग गर्न आफ्नो डिभाइस परिवर्तन गर्नुपर्ने भएको छ। 

पुरानो एप्पल आइफोनमा ह्वाट्सएप बन्द हुनेछ। कम्पनीले यसको आधिकारिक जानकारी यसअघि नै दिएको थियो। यसबाहेक पुरानो आईओएस भर्जनमा चल्ने आईफोन प्रयोगकर्ताले पनि ह्वाट्सएप प्रयोग जारी राख्न आईओएस संस्करण अपडेट गर्नुपर्नेछ।

ह्वाट्सएप भोलि अक्टोबर २४ देखि आईओएस १० र आईओएस ११ मा काम गर्ने छैन। आइफोन ५ र आइफोन ५एसले मात्र आईओएस १० र आईओएस ११ मा काम गर्छ। जसका कारण भोलिदेखि यी डिभाइसमा ह्वाट्सएपले काम गर्ने छैन। यसको मतलब प्रयोगकर्ताले आफ्नो फोन अपग्रेड गर्नुपर्छ।

कम्पनीले आईफोन ५ र आईफोन ५ एसलाई पनि यसबारे सूचना दिएको छ। यी फोन प्रयोगकर्तालाई भनिएको छ कि ह्वाट्सएपले चाँडै उनीहरुको फोनमा काम गर्न बन्द गर्नेछ। प्रयोगकर्ताहरुले ह्वाट्सएप प्रयोग गर्न नयाँ आइफोनमा अपग्रेड गर्न आवश्यक छ।

यदि प्रयोगकर्ताको आईफोन अझै पनि आईओएस १० र ११ मा काम गरिरहेको छ भने यसलाई तुरुन्तै अपडेट गर्नुपर्नेछ। यसका लागि फोनको सेटिङमा गएर जनरल सेक्सनमा जानुपर्छ। त्यसपछि फोन सफ्टवेयर अपग्रेड पर्छ। –एजेन्सी