काठमाण्डौ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको आइतबार (असार १० गते) बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ। नियमनकारी निकायबाट अनुमति पाएमा यो कम्पनीले २६ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा सहमतिका लागि प्रक्रिया अगाडि बढाउनेछ। आयोगबाट सहमति पाएपछि स्वीकृतिका लागि आगामी साधारणसभामा हकप्रदको प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।
हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago