काठमाण्डौ । कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट(मेवा) क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ ।

चार वर्षअघि ७९ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल निर्माण गरिएका टेबुलमा प्यानल राख्ने काम धमाधम भइरहेको झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए ।

उनका अनुसार पहिलो चरणमा १० कन्टेनर सोलार प्यालन जडान हुनेछ । झिलभिले चोकबाट करिब ७ किलोमित्तर उत्तरमा २२ बिघा जमिनमा २२ हजार छ सय सोलार प्यानल जडान गरिने उनले बताए । परियोजनामा पिलर र राफ्टर लगाउने कार्य डेढ महिनाअघि नै सकिएको छ । जसमा ३५ कन्टेनर सोलार प्लानल जडान हुनेछ ।

‘यो नेपालकै ठूलो परियोजना हो, अब दुई महिनाभित्रमा सञ्चालन गर्ने तयारी छ’, निर्देशक भट्टराईले भने, ‘अब धमाधम प्यानल जडान गर्ने काम मात्र हो । चाँडै सक्छौँ ।’

सो परियोजना निर्माणका लागि माछापुछ्रे बैंकबाट ३५ करोड रुपैयाँ र सिभिल बैंकबाट २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको छ । सो परियोजनामा २० करोड बराबरको शेयरदाता लगानी रहेको छ ।जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने उनले बताए ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउन कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनको भनाइ छ । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको पनि उनले बताए ।