काठमाण्डौ । प्रहरीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका- १ डण्डाबाट १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको महाराजगञ्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा फेला परेको भारतीय रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो । 

पक्राउ परेको अभियुक्त राजु कौशलको साथबाट ९ लाख रुपैयाँ तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथबाट १ लाख भारु बरामद भएको छ ।