काठमाण्डौ । कुमारी बैंकको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। 

बैंकले संस्थापक सेयरधनी दिपक शर्माको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा जोकोही सर्वसाधारण र संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

यसअघि संस्थापक सेयरधनीका लागि उक्त सेयर बिक्री खुला गरिएको थियो। तर, तोकिएको मितिसम्म संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेकोले संस्थापक बाहिरका सर्वसाधारण बिक्री खुला गरिएको बैंकले जनाएको छ। 

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन कुमारी बैंकको कर्पोरेट कार्यालय र कुमारी क्यापिटलको कार्यालयमा दिन सकिनेछ।