काठमाण्डौ । किन्ने र बिक्री गर्नेबीचको लामो समयदेखि चल्दै आएको घम्साघम्सीका बीच अन्ततः नेप्से परिसूचक लामो समयकै अन्तरालमा घटेर ११०० को लाइनमा झरेको छ ।
लामो समयदेखि नेप्से परिसूचकलाई १२०० माथि नै अड्याउने प्रशस्त प्रयासहरु भएका थिए । अन्यौल र अनिश्चितताका कारण प्रताडित लगानीकर्ताले भरसक नेप्से १२०० विन्दूबाट तल नजाओस् भन्ने प्रयास विगतमा गरे पनि अन्ततः बजार आफ्नै बाटोमा गएर ११०० को लाइनमा झरेको हो ।
बुधबार नेप्से परिसूचक १०.२६ अंकले घटेर ११९७.७५ को विन्दूमा सीमित हुन पुग्यो ।
यो दिन राम्रा र बलिया कम्पनीमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स करिब २ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.७८ अंकको गिरावट आयो ।
यो दिन बजारका सबै उपसमूहको सूचकमा रातो पोतियो ।
बैंकिङ समूह ९.५८ अंकले घटेको यो दिन विकास बैंक समूहमा ६.२२ अंक, वित्त समूहमा १.७९ अंक, माइक्रोफाइनान्स समूहमा ९.२५ अंक, जीवन बिमा समूहमा ५७.१२ अंक, निर्जीवन बिमा समूहमा ३७.२८ अंकको गिरावट देखियो ।
होटल समूह १.१३ अंकले घटेको यो दिन जलविद्युत समूहमा १४.४६ अंक, उत्पादन तथा प्रशोधन समूह १३.०५ अंक, म्युचुअल फण्ड समूह ०.०३ अंक र अन्य समूह ७.१ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६८ कम्पनीका १२ लाख ९८ हजार ३२७ कित्ता सेयर ३७ करोड १० लाख २२ हजार ५९२ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको १० करोड५४ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नेपाल राष्ट्रबैंकले अक्सनमा पारेको सेयर एकैपटक बेच्दा यो कम्पनीको सबैभन्दा बढी कारोबार भएको हो । यो कम्पनीको सेयर ब्रोकर नम्बर ११ बाट कारोबार भएको हो ।
कुमारी बैंकले ३ करोड ५० लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशियाले ३ करोड १९ लाख, प्रभू बैंकले १ करोड ६ लाख, कृषि विकास बैंकले ८५ लाख, नेपाल बैंकले ७४ लाख, एनसीसी बैंकले ७३ लाख, सामुदायिक लघुवित्तले ६७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ६० लाख र नागरिक लगानीकोषले ४९ लाख बढीको सेयर कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । हालैबाट यो कम्पनीको सेयर दोश्रो बजारमा सूचिकृत भई कारोबार हुन थालेको हो ।
यस्तै, हालै मात्र सूचिकृत आँधीखोला लघुवित्तको सेयर मूल्यमा पनि ४ प्रतिशतको बढोत्तरी भयो ।
दिव्यश्वरी हाइड्रोपावर र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले यो दिन धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19