काठमाण्डौ । वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ ।
ती कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् भने कतिपयले सेयरधनीको हात खाली गराएका छन् ।
हालसम्ममा एनआईसी एशिया, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सानीमा बैंक, माछापुछ्रे बैंक,नबिल बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकले लाभांशको प्रस्ताव गरेका छन् ।
त्यस्तै कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेका छन् । त्यसो त कृषि विकास बैंक,प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने लाभांश घोषणा गरिसकेका छैनन् ।
अहिलेसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश एनआईसी एशियाको छ। कम्पनीले सेयरधनीलाई ३०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यसैगरी,दोस्रोमा एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ।
त्यसो त सबैभन्दा कम लाभांश भने सिद्धाथ बैंकले प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उता कुमारी बैंक,हिमालयन बैंक,एनएमबी बैंक, प्राइम कमर्सियल बैंक र नेपाल बैंकले भने गत आवको मुनाफाबट लाभांश नदिने घोषणा गरिसकेका छन् ।
कुन- कुन बैंकले कति दिए लाभांश ?
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19