nepse
काठमाण्डौ । मंगलबार बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.६३ अंकले वृद्धि हुँदा कारोबार चाहि ४९ करोडमा समेटिएको छ ।
देशको आर्थिक वृद्धिदर ७.५० प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले बजारमा सामान्य प्रभाव पारेको देखिन्छ । मार्केट मेकर मानिएको एभरेष्ट बैंकको बुक क्लोजको खबरले समेत बजार प्रभावित भएको देखिएको छ । समग्रमा मंगलबारको बजार सकारात्मक रहे पनि नेप्से परिसूचक १५८५.१५ अंकमै सीमित बनेको छ ।
नेप्से थोरै अंकले बढे पनि उत्पादनमूलकबाहेक सबै समूहको सूचक हराभरा भए । वाणिज्य बैंक समूह ३.६३ अंकले बढ्यो भने बिमा, विकास बैंक र जलविद्युत समूह क्रमशः १४.६९, २.०७ र १३.३२ अंकले वृद्धि भए । यस्तै, बित्त, होटल र अन्य समूहमा क्रमशः १.४४, १७.७९ र ८.१ अंकको बढोत्तरी भयो । उत्पादनमूलक समूह ७.६३ अंकले घट्यो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.९६ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा पनि ०.२६ अंकको बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ४३ कम्पनीका ९ लाख १८ हजार ३ सय ४८ कित्ता सेयर ४९ करोड २ लाख ७५ हजार ७ सय १ रुपैयाँमा किनबेच भयो । बुक क्लोजको मिति तोकेका कारण एभरेष्ट बैंकको सेयर सबैभन्दा बढी ४ करोड ६८ लाख बढीको कारोबार भयो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ९६ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड २२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८१ लाख, आरएसडिसी लघुवित्तले १ करोड ८० लाख, लक्ष्मी बैंकले १ करोड ७४ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी र एक स्थान विकास बैंक समूहको कब्जा रह्यो ।
धेरै कमाउने र गुुमाउने कम्पनी
मंगलबार सबैभन्दा बढी वल्र्ड मर्चेन्ट बैकिङ र एण्ड फाइनान्स लिमीटेडले कमाएको छ । यो कम्पनीको मूल्य साढे ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । तारागाउँ रिजेन्सी होटलको मूल्य साढे ६ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरी लिमीेटेडको सेयर मूल्य घटेको छ । यो कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19