काठमाण्डौ । आफ्ना ग्राहकलाई लक्षित गरी युनाईटेड सिमेन्टले विशेष योजना ल्याएको छ, जसअन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ ।

यो भन्दा अगाडि पनि आफ्ना ग्राहकहरुलाई प्रोत्साहन गर्न यूनाइटेड सिमेन्टले यही योजना ल्याएको थियो । समस्त ग्राहकहरुको साथ, ममता तथा विश्वासको सम्मान स्वरुप फेरि यो योजना ग्राहकहरुमाझ ल्याइएको कम्पनीले जनाएको छ । 

के.एल. दुगड ग्रुपद्वारा उत्पादित युनाईटेड सिमेन्ट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको कम्पनीको भनाई छ । यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पुर्याउने कम्पनीको दाबी छ ।

ललितपुरको लेलेस्थित आफ्नै चुनढुङगा खानी र धादिङको नौबिसेमा फ्याक्टी रहेको यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।